नेपालको समय

my photo

Sunday, September 9, 2007

म हारेको छु


सधै तिम्रो जित भयो,मात्रै म हारेको छु
तिम्रो आत्माभित्र लुक्न खोज्छु,तर कहा लुकेको छु
तिम्रो दु:ख सम्झि मैले सधै,आसु झारेको छु
मैले खुसि रहरहरु,तिमिलाइ नै सुम्पियको छु
मेरो आखा थाकिसके,बाटो हेरि बसेको छु
पर्खियनौ अझै सम्झि,तड्पि तड्पि बाचेको छु
तिम्रो आत्मा सजाउन,मैले यो फुल साचेको छु
इस्वरको भक्ति गरि,तिम्रै निम्ति बाचेको छु
गलिसके नसाहरु,मरिसके आसाहरु,ब्यर्थैमलाइ भुलाइगयौ झुठारहेछन बाचाहरु
यो आत्मालाइ सान्ति मिल्न,दर्सन् पाय हुन्त्यो
बातो बिराइ कहिले काहि यतातिर आय हुन्त्यो।।
सिजन भट्टराइ।।।।

Tuesday, August 28, 2007

थाहा पाएं

नामै लिन बिर्साउंदाको पीडा थाहा पाएं !
सभाबाटै हटाउंदाको पीडा थाहा पाएं !

तिम्रो बयान गर्न भएको जमघटमा
बिना निम्तो चियाउंदाको पीडा थाहा पाएं !


चूलीमा के एउटा पाईला चिप्लेथ्यो यस्सो !
भीरबाट लडाउंदाको पीडा थाहा पाएं !

घाउले छोपेको भाब रहित अनुहार,
नलठ्याई सिलाउंदाको पीडा थाहा पाएं !

परालको रासमा सियोको खोजी भएन
भीड भित्र हराउंदाको पीडा थाहा पाएं !

पशुत्वमा कमी आए पछि चित्कार सुनें
बल मलाई रिझाउंदाको पीडा थाहा पाएं !

छातिबाट धूवां निस्केर मात्र सन्चो भयो,
ज्वालामुखी लुकाउंदाको पीडा थाहा पाएं !

Saturday, August 25, 2007

खाते,,

शहरको पेटि-पेटी डुली हिंड्ने खाते हु म।
बर्ष भरिको अन्न महिनामै सिध्याउने भाते हु म।।
आधुनिक युगमा के-के हुन्छ केही नदेख्ने पाखे हु म।
दुनियाँ साथीसग हिच्किचाउने,रिसाउने यक बाते हु म।।
कस्ले भन्छ अब 'अभिनास' लाई मागी हिंड्ने
हुस्कि,ब्रान्डी खायर हिंड्ने माते हु म।।।।।।

Monday, August 20, 2007

<गजल>

चिनु भनी दियको जाली रुमाल,
सस्तो देखी य माया बिन्ती नफाल।
जमाना छ माया पनि बिक्ने पैसामा,
मेरी माया त्यती सस्तो ठानी नहाल।
बगायो होला धनको खोला तिम्रो रुपमा,
सधैं भरी यस्तै हुने भ्रम नपाल।
दुई मुटु मिल्नु पर्छ साचो मायामा,
भन्ने छैन माया तिमी मेरै संगाल।
चिनु भनी दियको जाली रुमाल,
सस्तो देखी य माया बिन्ती नफाल।


सोस्तिका निरौला,,,,,

Sunday, August 19, 2007

यो हो मेरो सेरोफेरो:


त्यो रमाइलो,घमाइलो गाउ,ठाउ,
छोडेर आय म नयाटोल भन्ने गाउ।
सुख शान्तिले भरिपूर्ण भयको ठाउँ,
मेरो चै बद्री भट्टराई हो नाम।।

के-के भन्ने जस्तो लग्थ्यो बिदेस भन्ने ठाउँ,
म अहिले बसिरहेको मदिना खलिफा भन्ने गाउ।
मरुभुमिको पत्यार लाग्दो रहेछ यो कस्तो ठाउँ,
त्यो हरियाली र स्वच्छ हावा थियो मेरो गाउ।।

बिल्डिङ्को थुप्रै थुप्रा रहेछ यो ठाउँ,
झुपडिमा आनन्द सग रमायको मेरो गाउ।
घाम त झन झन बड्दो रहेछ यो कस्तो ठाउँ,
सितल हावा र मनोरम थियो त्यो मेरो गाउ।।

बिदेसी बन्नलाई बेचे मैले आफ्नो ठाउँ,
यहाँ आयको त राखिदिय बहादुर मेरो नाम।
धेरै दु:ख पाइदो रहेछ यो कस्तो ठाउँ,
अब देखी कहिले पनि भन्दिन म बिदेस भन्ने नाम।।।।

बद्री भट्टराई।।।।

Saturday, August 18, 2007

चुड्के गीत

सपना त ठुलो बोकी कतार आ"को
महिना बर्ष धेरै बिते खई त पुरा भा"को
रामे,स्यामे,काले,गोरे सबै यता अरे
नेपालि को बहादुरले भगवान छक्क परे
चिकन्,मटन,हुस्कि,स्याम्पो कती मजा आहा
दिन भरी गर्‍यो बनी यकै छिन्मा स्वाहां
दु:ख पाय धेरैले सुखी थोरै होलान

पशुपतिनाथ ले पनि श्राप दिदा होलान
बिहीवार साज देखी खोज्यो मिल्ने साथी

नेशनल र बिस्मिलामा शुक्रबार ताती

५,६ बर्ष बित्ता पनि छैन घर गाको
जानु पनि कसरी जेबमा सुक्को भाको
धन कमाउने सोकले गर्दा परे अलपत्र
जती राष्ट्र घुमे पनि पेट पाल्या मात्रै
भगवान बस्छन उपर हरे हेरदई होलान यता
आफ्नै देसलाई बनाउने छ बहादुर ले त
०६४ साल यसै बित्यो ०६५ साल लाई हेरौ
यो संसार तिम्रो नै हो खराब पनि छोडू
उमेस भट्टराई

Friday, August 17, 2007

जिन्दगी

अभाबै अभाब ले भरियको यो कस्तो जिन्दगी
रङिन संसार र महल बनाउने सपना देखेको जिन्दगी
बेल्चा,गैति,ढुङ्गा,माटो,घाम,पानी र पसिना खप्नुपर्ने जिन्दगी
बन्धक राखियको घर,खेत उकास्न नसक्ने यो कस्तो जिन्दगी
यो जिन्दगी खई कस्तो जिन्दगी।
यो जिन्दगी खई कस्तो जिन्दगी।।

सुरज.....