नेपालको समय

my photo

Tuesday, August 28, 2007

थाहा पाएं

नामै लिन बिर्साउंदाको पीडा थाहा पाएं !
सभाबाटै हटाउंदाको पीडा थाहा पाएं !

तिम्रो बयान गर्न भएको जमघटमा
बिना निम्तो चियाउंदाको पीडा थाहा पाएं !


चूलीमा के एउटा पाईला चिप्लेथ्यो यस्सो !
भीरबाट लडाउंदाको पीडा थाहा पाएं !

घाउले छोपेको भाब रहित अनुहार,
नलठ्याई सिलाउंदाको पीडा थाहा पाएं !

परालको रासमा सियोको खोजी भएन
भीड भित्र हराउंदाको पीडा थाहा पाएं !

पशुत्वमा कमी आए पछि चित्कार सुनें
बल मलाई रिझाउंदाको पीडा थाहा पाएं !

छातिबाट धूवां निस्केर मात्र सन्चो भयो,
ज्वालामुखी लुकाउंदाको पीडा थाहा पाएं !

Saturday, August 25, 2007

खाते,,

शहरको पेटि-पेटी डुली हिंड्ने खाते हु म।
बर्ष भरिको अन्न महिनामै सिध्याउने भाते हु म।।
आधुनिक युगमा के-के हुन्छ केही नदेख्ने पाखे हु म।
दुनियाँ साथीसग हिच्किचाउने,रिसाउने यक बाते हु म।।
कस्ले भन्छ अब 'अभिनास' लाई मागी हिंड्ने
हुस्कि,ब्रान्डी खायर हिंड्ने माते हु म।।।।।।

Monday, August 20, 2007

<गजल>

चिनु भनी दियको जाली रुमाल,
सस्तो देखी य माया बिन्ती नफाल।
जमाना छ माया पनि बिक्ने पैसामा,
मेरी माया त्यती सस्तो ठानी नहाल।
बगायो होला धनको खोला तिम्रो रुपमा,
सधैं भरी यस्तै हुने भ्रम नपाल।
दुई मुटु मिल्नु पर्छ साचो मायामा,
भन्ने छैन माया तिमी मेरै संगाल।
चिनु भनी दियको जाली रुमाल,
सस्तो देखी य माया बिन्ती नफाल।


सोस्तिका निरौला,,,,,

Sunday, August 19, 2007

यो हो मेरो सेरोफेरो:


त्यो रमाइलो,घमाइलो गाउ,ठाउ,
छोडेर आय म नयाटोल भन्ने गाउ।
सुख शान्तिले भरिपूर्ण भयको ठाउँ,
मेरो चै बद्री भट्टराई हो नाम।।

के-के भन्ने जस्तो लग्थ्यो बिदेस भन्ने ठाउँ,
म अहिले बसिरहेको मदिना खलिफा भन्ने गाउ।
मरुभुमिको पत्यार लाग्दो रहेछ यो कस्तो ठाउँ,
त्यो हरियाली र स्वच्छ हावा थियो मेरो गाउ।।

बिल्डिङ्को थुप्रै थुप्रा रहेछ यो ठाउँ,
झुपडिमा आनन्द सग रमायको मेरो गाउ।
घाम त झन झन बड्दो रहेछ यो कस्तो ठाउँ,
सितल हावा र मनोरम थियो त्यो मेरो गाउ।।

बिदेसी बन्नलाई बेचे मैले आफ्नो ठाउँ,
यहाँ आयको त राखिदिय बहादुर मेरो नाम।
धेरै दु:ख पाइदो रहेछ यो कस्तो ठाउँ,
अब देखी कहिले पनि भन्दिन म बिदेस भन्ने नाम।।।।

बद्री भट्टराई।।।।

Saturday, August 18, 2007

चुड्के गीत

सपना त ठुलो बोकी कतार आ"को
महिना बर्ष धेरै बिते खई त पुरा भा"को
रामे,स्यामे,काले,गोरे सबै यता अरे
नेपालि को बहादुरले भगवान छक्क परे
चिकन्,मटन,हुस्कि,स्याम्पो कती मजा आहा
दिन भरी गर्‍यो बनी यकै छिन्मा स्वाहां
दु:ख पाय धेरैले सुखी थोरै होलान

पशुपतिनाथ ले पनि श्राप दिदा होलान
बिहीवार साज देखी खोज्यो मिल्ने साथी

नेशनल र बिस्मिलामा शुक्रबार ताती

५,६ बर्ष बित्ता पनि छैन घर गाको
जानु पनि कसरी जेबमा सुक्को भाको
धन कमाउने सोकले गर्दा परे अलपत्र
जती राष्ट्र घुमे पनि पेट पाल्या मात्रै
भगवान बस्छन उपर हरे हेरदई होलान यता
आफ्नै देसलाई बनाउने छ बहादुर ले त
०६४ साल यसै बित्यो ०६५ साल लाई हेरौ
यो संसार तिम्रो नै हो खराब पनि छोडू
उमेस भट्टराई

Friday, August 17, 2007

जिन्दगी

अभाबै अभाब ले भरियको यो कस्तो जिन्दगी
रङिन संसार र महल बनाउने सपना देखेको जिन्दगी
बेल्चा,गैति,ढुङ्गा,माटो,घाम,पानी र पसिना खप्नुपर्ने जिन्दगी
बन्धक राखियको घर,खेत उकास्न नसक्ने यो कस्तो जिन्दगी
यो जिन्दगी खई कस्तो जिन्दगी।
यो जिन्दगी खई कस्तो जिन्दगी।।

सुरज.....

Thursday, August 16, 2007

बिकास गरौ


उठ है साथी गाउको लागि कम्मर कसेर,
हुँदैन सङी अब त यहाँ चुपलागी बसेर।
हामी त आयौ बिदेसको ठाउमा पसिना तरर,
अर्काको नचन नसक्नु खप्न मन रुन्छ धरर।
उठ है साथी गाउको लागि कम्मर कसेर,
हुँदैन सङी अब त यहाँ चुपलागी बसेर।
ति बुढा बाबा-आमा दिन गनी बस्तैहुन,
यसपाली पनि त्यो यक्लो छोरो आयन भन्दैहुन।
उठ है साथी गाउको लागि कम्मर कसेर,
हुँदैन सङी अब त यहाँ चुपलागी बसेर।
दसैं र तिहार भाईटिका पनि परदेशमै हरायो,
दिदी रुदै २ नयन बाट आसुनै बगायो।
उठ है साथी गाउको लागि कम्मर कसेर,
हुँदैन सङी अब त यहाँ चुपलागी बसेर।
घर छोड्ने बेला ति जीवन-साथी बेहाल भई रुदैथ्यो,
उसैको यदमा बगेका आसु सम्हाली हिद्दैछु।
उठ है साथी गाउको लागि कम्मर कसेर,
हुँदैन सङी अब त यहाँ चुपलागी बसेर।

म चाडई फर्की आउँला


बसेथे घरमा बाबाको भरम,साथ थियो परिवार,
धान्नुछ मैले यकदिन लौ पक्कै,आफ्नो बलले घरबार।
बिचार यि कुरा मनन गरेर्,लाग्न थालो हतार,
पारे पोको त्यो साउको रुपैया,हुत्तिय अनी कतार।।
छोडेको थिन आम-बाबा कहिले,बशेथे सबको साथमा,
खोजेठे हेर्न तर सकिननि,मेरी प्रियाको मातमा।
हुक्क हुक्क आवाज उनले रोयको,आ उछ अझै झल्झली,
बाटोमा सकिन आमा सग बोल्न,हिडे म फटाफटि।।
मन भरी सपना खेलाई मनम,रातमा पनि झल्झली,
सोचेथे रुपैया फल्छ रुखम,तिपौलाम सल्सली।
मनभरी रहेका बेदना बिछोडम,सकेसम्म लुकाउदै,
बाबा भन्दै तोते बोली बोल्ने, ति छोरीलाई फकाइदै।।
०५९ साल फागुन महिना,२० गतेको दिनमा,
च् डेथे जहाज पुगियो कतार,हरे यकै छिन्मा।
पोल्यो नि जिउ त्यो तातो हावाले,छैन कतै हरियो,
कस्तो दिनमा हुत्तिय कतार,झन्डइ नखाइ मरियो।।
केही दिन यता बसाइ पछाडि,५०डिग्री को घाममा,
घरकै यादमा बित्न थालेदिनहरु,८घन्टाको काममा।
मन थियन स्थिरमा घरको पिरम,पल्पल बित्ने गर्य्यो,
उस्तैथिउ साथी सबजना नोउलो,१ वटा त रुने गर्य्थो।।
बित्तै गय दिनहरु यदम,घाम अझै बडने गर्य्थो,
घरको चिट्ठी आयको क्षणम,मन मेरो रुने गर्थ्यो।
अब त बानी भो दिन पनि छोटो भो,घाम पनि डरायछ,
भ्त्भती पोल्ने यक्लई बोल्ने,त्यो बानी हरायछ।।
सोद्दो हो घरमा त्यो भातिजाले,हाम्रो अंकल खोइ भनी,
रुदिहुन ति आमा सिरानी भिजाउदै,नातिको कुरा सुनी।
चाचा-पापा-नाना तिमीलाइ,लियर आउनुहुन्छ,
पर्ख है २,४ दिन पिछाडि,फर्केर आउहुन्छ।।
देख्दिहुन सपना ति मेरी आमाले,मेरो जस्तई गरेर,
झस्किदिहुन उनी कहिलेकाहि,यतै छ कि भनेर।
तिज आउछ पछी फेरी तिहार,रुदै होलान नि चेली,
ओ ई लाई जाला यसपाली पनि,सयपत्री र मकहमलि।।
आशिस म पाउ सबै बाबा-आमा को,दिर्गायु हुन पाउ,
मेरी आमा म तिम्रो मुटुको,धड्कन बनी हिंड्न पाउ।
आउछु चेली म चाड ई फर्केर्,माला बनाइ राख्नु,
नाना-चाचा साथमा लियर आउछु,भतिजाले डाकी राख्नु।।
नरुनु घरमा सपनाको भरमा,मलाई सम्झेर,
बडनु होइ सधैं सबै ले अगाडि,भबिस्य सम्झियर।
कहिले बित्छ २ बर्ष भन्दै,भच्दिहुन हात का औंला,
चिन्ता नगरनु हे मेरी आमा,म चाडई फर्की आउँला।।
चाडई फर्की आउँला।।

Wednesday, August 15, 2007

Tuesday, August 14, 2007

बम्बैको कोठिमा नारिको ब्यथा


गर्नु पर्ने कुरा सुन्दा,धेरै रोयो मन।

बेस्या बन्ने भाईयछ,के कमाउनु धन्।।

मर्न पाय हुन्थ्यो बरु,बाच्नु भन्दा जाती।

आशु झरे वरा-वारी,चिरिन्छ यो छाती।।

केही छिन्मै एउटा नौलो,मन्छे देखा पर्‍यो।

मलाई जबर-जस्ती गर्नि,त्यस्ले बिचार गर्‍यो।।

किन सुन्यो मेरो कुरा,त्यसले गर्नु गर्‍यो।

जिन्दगीमा हरे मलाई,ठु लो चोट पर्‍यो।।

रोउ भने को सग रोउ,बुदी बिग्रियो पैले।

के गर्नु आमा बुवा,सम्झियर अहिले।।

धन्दा गर्न नामनेम,पैशा फिर्ता माग्ने।

भने जस्तो नगरेम,चुरोटले पोल्ने।।।


सोच है नेपालि दाजु-भाइ


देशको बिकास गर्ने कर्ण धार योवा भाई

नभुल्नु कहिल्यै ति तिम्री आमा जन्माउने भुमिलाई

उदेस्य तिम्रो ठुलो नै होला छाडेर हिंड्नलाई

गुलमी गर्छौ अर्काको देशमा बगाइ रगत

जन्मा उने भुमी रोयकी होलिन तिमीलाई सम्जेर

आमाको रोदन सुनेनौ तिमीले बिदेशी बनेर

हुर्काइन तिमीलाई हेरेर तिनले देश बिकास गर्नलाई

छाहेर हिंडेउ नेपालि धर्ती बिदेशी बन्नलाई

सोसेर लिन्छ त्यो तिम्रो रगत बिदेशी भुमिले

सकिन्छ अनी फर्काइ दिन्छ त्यो तिम्रो धनीले

पर्खेर बश्छिन ति धर्ती माता तिमीलाई हेरेर

श्रम ले झुक्ला त्यो तिम्रो शिर माफ गर्नु भनेर

आमाले तिमीलाई गल्ती पो गरिन पालन गर्नलाई

गरेको भय माफ गर्नु पर्छ ति धर्ती मातालाई

आमाको भाषा बुझेनौ कि ध्यान तिमीले दियनौ

आमाको श्राप आशिर्बाद हुन्छ बुझेर लियनौ

केही बेर सोच नेपालि भाई यकान्त बशेर

लेखहै चिट्ठी नेपालि आमालाई आउँदैछु भनेर

लेखहै चिट्ठी नेपालि आमालाई आउँदैछु भनेर

Monday, August 6, 2007

बसन्तीलाई चिठी

मेरी प्यारी बसन्ती
हरपल हर समयको अथाहा मायां, आई लभ यू भन्न खोज्छु अंग्रेजले भै+m गरेर तर शव्द नै हराए झै लाग्छ । थाहै छ तिमीलाई अंग्रेजी शव्द संग म कति लजाउंछु भनेर तर पनि कोशिष जारी राख्ने छु है । हाम्रो अजम्बरी मायांलाई सांची राखी भित्री मन देखी सात जुनीसम्म चाहन्छु तिमीलाई ।तिमी देखि छुटिएर आएको पनि वर्षौ भयो,चिठी पत्र त समय समयमा कोर्दैछु । संधैं झैं आज पनि मन भरीका बेदनालाई ओकल्दै अतितका ती लाखौलाख यादहरुमा डुबुल्की मार्दै यो प्रवासमा आफुलाई ज्यूदै राखेको छु । सधैं भरी मायां प्रेमका कुराहरु मात्र भनेर मनै नमान्दै, आखिरी प्रवासी भए पछि यी प्रेमका याद संग बांच्नु पर्दोरहेछ । हत्केला भरी आंचुली बनाई यादलाई पिई बस्नु हाम्रो नियक्ती भएको छ । मैले भूलेंको छैन,तिमीले पे्रमलाई आंखाको नानीको संज्ञा दिएको । एक बसन्तलाई पन्र्छाई अर्को बसन्तको जंघार तर्दै पसीनाका बषर्ातहरु संग रुझीरुझी हामीले जोडेका प्रेम अमर बनाउनु हाम्रो ठूलो सपना हो, गन्तव्य हो साकार बनाएर नै छोड्ने हाम्रो प्रण हो, बनाउने छु । ति बनपाखामा सुसेली हाल्दै गित गाएको, घांस दाउरा गरेको, पंधेरोमा पानी भर्न जांदा तिमी बाटो कुरी बसेको आज झैं लाग्छ । यहां संधै म मेरी बसन्ती प्यारी बसन्ती भनेर गुन गुनाउंदा साथी भाईले पनि भन्ने गर्छन् तिमीहरुको मायां पो मायां माय त यस्तो पो होस । तिमीहरुको मायां जुनीजुनी जिऊ । मलाई याद छ हामी छुट्ने बेला गहभरी आंशु भए पनि हांसेर विदा गरेको । जति मन भित्र बिछोडको बेदना कुंडिए पनि त्रि्रो मुहारको चमकले मेरो लक्ष्यमा अरु थप हौसला थपेको छ । चांडै आउनुस है भन्दा त्रि्रा ति सेतासेता दांत अनि लाली थपेको ओंठ एक आपसमा ठोकिंदा संधैं स्वागत गरे झैं लाग्छ । काललाई पनि प्रेमले जित्छ भनेको सुनेको थिएं, सांच्चै झै लाग्छ । यहांको चर्को घाम अनि उजाड मरुभूमीमा पनि कत्ति विचल्ली नभई त्रि्रो मेरो मायांलाई थांती राख्दै छु । माया भन्ने दर्ुइ शव्दले बनेता पनि यस्को महत्व धेरै हुंदो रहेछ नि । प्रदेशमा रहनुको पिडा मैले सबै ओकली रहनु नपर्ला किन कि हामीले अरु नजिक वाट चिन्ने मौका पायौं । तिमी यहां नभए पनि तिमीलाई हृदयमा राखेर पुकार गर्दैछु यो महासागरमा । हाम्रो माया पनि तिमी जस्तै कहिले नसुक्ने र तिमी जस्तै गहिरीएर जाओस, जति सुकै हावाको वेग आएपनि डगमगाउन नसकोस, तिमी जस्तै सबैको प्यारो बन्न सकोस । थाहा छ तिमीलाई म हरेक दिन आफनो पेशालाई अगाल्नु भन्दा पहिले त्रि्रो त्यो हरिणको झै आंखा झरना झै सलक्क परेको रेशमी कपाल,सुन्तलाको केस्रा झै ओठ, सुगाको झै नाकले सजिएको तस्वीर हर्ेर्ने गर्छर्ुु लाग्छ तिमी पनि मेरो जिन्दगीमा साथ दिने भगवान हौ । पत्रमा लेखेको शव्दहरु पढ्दा तिमी मेरो सामु भए झैं लाग्छ अनि त्रि्रो तस्वीर हर्ेने गर्छर्ुु मलाई भेट्नको लागी घरवाट निस्कन्थ्यौ अनेक बहाना बनाइ ऐनामा हर्ेर्दै, कपाललाई दर्ुइ चुल्ठीबाटी, गुन्यूचोलीमा चट्टपरी सजिएर निस्कंदा पनि कतै मैले त्यो राम्रो भएन भन्ने डरले विरालो को चालमा आउंथ्यौ । मलाई पनि त्यस्तै हुन्थ्यो संधै आफूलाई सम्हालेर तिमी कहां भेट्न आउंथे, सायद तिमी सोच्छेउ होला मेरो बयान गरें भनेर त्यो होइन, जे देखें त्यो लेख्दैछु । म संग त्रि्रो बयान गर्नलाई कुनै विद्यवानको वाक्यहरु सापटी लिनु पर्छ । सांच्चै तिमी अप्सरा हौ जो की र्स्वर्ग वाट धर्तीमा मेरो लागी मात्र भनेर झरेकी हौ । चाहनेहरुको भिडमा म मात्र यस्को भागीदार हुं हैन त - डर पनि लाग्छ त्रि्रो त्यो कोमल नयनहरुमा कसैको बिषालु नजर लाग्लाकी भनेर । तिमीले दिएका वाचाहरुमाथी विश्वास छ । संसार नै विश्वासको हत्केला माथी अडिएर बसेको छ । विश्वास ऐना हो, जस्ले जस्लाई विश्वास गर्छ उसको वारेमा र्छलङ्ग थाहा हुन्छ । एउटा सफा तलाउ झै ।हाई,हाई ! न्रि्रादेबीले पनि मलाई वास गरे झैं लाग्यो , लौ त ,मेरी बसन्ती सदा झैं आज पनि समयले डांडा काटी सकेछ पक्तै भएन, भोलीको नित्यकर्म गर्नको लागी समयमा नै उठ्नु पर्छ, कर्म गरे फल पनि मिठो नै हुन्छ भनेर । मिठामिठा अत्माकथाका माला बनाई तिमीलाई सिंगार्नेछु अर्कोपल्ट पनि । यो मेरो बाचा भयो तिमी लाई । बर,पीपल संग खाएको कसम देउरालीमा दिएको बचनलाई निरन्तरता दिई रहेको छौं हामीले । समाजको लागी हामी उदाहरण बनेर उभिएका छौं उभिरहने छु , फेरी पनि हृदयको हरेक कुनाकुनावाट अथाह मायांको सौगात दिंदै केही समयको लागी कलमलाई विश्राम दिने अनुमती चाहन्छु ।
आशिष को चौतारि

छुट्टै रोयौ

निम्तो मान्न आयौ छलिनौ तिमीले
उपहार ल्यायौ सधैंझैं खोलिनौ तिमीले

गर्नै पर्यो विहे अहिले गर्दिन भनेथे
के सोचिरह्यौ चुपचाप बोलिनौ तिमीले

के भन्लिउ के गर्लिउ छटपटाइ रहेथेँ
बाल्यौ हृृदय आफैमा पोलिनौ तिमीले

छुट्टै रोयौ व्यथा नदेखाइ कसैलाई
मेरो नयन भित्र पोखी घोलिनौ तिमीले
आशिष