नेपालको समय

my photo

Sunday, August 19, 2007

यो हो मेरो सेरोफेरो:


त्यो रमाइलो,घमाइलो गाउ,ठाउ,
छोडेर आय म नयाटोल भन्ने गाउ।
सुख शान्तिले भरिपूर्ण भयको ठाउँ,
मेरो चै बद्री भट्टराई हो नाम।।

के-के भन्ने जस्तो लग्थ्यो बिदेस भन्ने ठाउँ,
म अहिले बसिरहेको मदिना खलिफा भन्ने गाउ।
मरुभुमिको पत्यार लाग्दो रहेछ यो कस्तो ठाउँ,
त्यो हरियाली र स्वच्छ हावा थियो मेरो गाउ।।

बिल्डिङ्को थुप्रै थुप्रा रहेछ यो ठाउँ,
झुपडिमा आनन्द सग रमायको मेरो गाउ।
घाम त झन झन बड्दो रहेछ यो कस्तो ठाउँ,
सितल हावा र मनोरम थियो त्यो मेरो गाउ।।

बिदेसी बन्नलाई बेचे मैले आफ्नो ठाउँ,
यहाँ आयको त राखिदिय बहादुर मेरो नाम।
धेरै दु:ख पाइदो रहेछ यो कस्तो ठाउँ,
अब देखी कहिले पनि भन्दिन म बिदेस भन्ने नाम।।।।

बद्री भट्टराई।।।।

No comments: