नेपालको समय

my photo

Monday, August 6, 2007

छुट्टै रोयौ

निम्तो मान्न आयौ छलिनौ तिमीले
उपहार ल्यायौ सधैंझैं खोलिनौ तिमीले

गर्नै पर्यो विहे अहिले गर्दिन भनेथे
के सोचिरह्यौ चुपचाप बोलिनौ तिमीले

के भन्लिउ के गर्लिउ छटपटाइ रहेथेँ
बाल्यौ हृृदय आफैमा पोलिनौ तिमीले

छुट्टै रोयौ व्यथा नदेखाइ कसैलाई
मेरो नयन भित्र पोखी घोलिनौ तिमीले
आशिष

No comments: