नेपालको समय

my photo

Thursday, August 16, 2007

बिकास गरौ


उठ है साथी गाउको लागि कम्मर कसेर,
हुँदैन सङी अब त यहाँ चुपलागी बसेर।
हामी त आयौ बिदेसको ठाउमा पसिना तरर,
अर्काको नचन नसक्नु खप्न मन रुन्छ धरर।
उठ है साथी गाउको लागि कम्मर कसेर,
हुँदैन सङी अब त यहाँ चुपलागी बसेर।
ति बुढा बाबा-आमा दिन गनी बस्तैहुन,
यसपाली पनि त्यो यक्लो छोरो आयन भन्दैहुन।
उठ है साथी गाउको लागि कम्मर कसेर,
हुँदैन सङी अब त यहाँ चुपलागी बसेर।
दसैं र तिहार भाईटिका पनि परदेशमै हरायो,
दिदी रुदै २ नयन बाट आसुनै बगायो।
उठ है साथी गाउको लागि कम्मर कसेर,
हुँदैन सङी अब त यहाँ चुपलागी बसेर।
घर छोड्ने बेला ति जीवन-साथी बेहाल भई रुदैथ्यो,
उसैको यदमा बगेका आसु सम्हाली हिद्दैछु।
उठ है साथी गाउको लागि कम्मर कसेर,
हुँदैन सङी अब त यहाँ चुपलागी बसेर।

No comments: