नेपालको समय

my photo

Monday, August 6, 2007

बसन्तीलाई चिठी

मेरी प्यारी बसन्ती
हरपल हर समयको अथाहा मायां, आई लभ यू भन्न खोज्छु अंग्रेजले भै+m गरेर तर शव्द नै हराए झै लाग्छ । थाहै छ तिमीलाई अंग्रेजी शव्द संग म कति लजाउंछु भनेर तर पनि कोशिष जारी राख्ने छु है । हाम्रो अजम्बरी मायांलाई सांची राखी भित्री मन देखी सात जुनीसम्म चाहन्छु तिमीलाई ।तिमी देखि छुटिएर आएको पनि वर्षौ भयो,चिठी पत्र त समय समयमा कोर्दैछु । संधैं झैं आज पनि मन भरीका बेदनालाई ओकल्दै अतितका ती लाखौलाख यादहरुमा डुबुल्की मार्दै यो प्रवासमा आफुलाई ज्यूदै राखेको छु । सधैं भरी मायां प्रेमका कुराहरु मात्र भनेर मनै नमान्दै, आखिरी प्रवासी भए पछि यी प्रेमका याद संग बांच्नु पर्दोरहेछ । हत्केला भरी आंचुली बनाई यादलाई पिई बस्नु हाम्रो नियक्ती भएको छ । मैले भूलेंको छैन,तिमीले पे्रमलाई आंखाको नानीको संज्ञा दिएको । एक बसन्तलाई पन्र्छाई अर्को बसन्तको जंघार तर्दै पसीनाका बषर्ातहरु संग रुझीरुझी हामीले जोडेका प्रेम अमर बनाउनु हाम्रो ठूलो सपना हो, गन्तव्य हो साकार बनाएर नै छोड्ने हाम्रो प्रण हो, बनाउने छु । ति बनपाखामा सुसेली हाल्दै गित गाएको, घांस दाउरा गरेको, पंधेरोमा पानी भर्न जांदा तिमी बाटो कुरी बसेको आज झैं लाग्छ । यहां संधै म मेरी बसन्ती प्यारी बसन्ती भनेर गुन गुनाउंदा साथी भाईले पनि भन्ने गर्छन् तिमीहरुको मायां पो मायां माय त यस्तो पो होस । तिमीहरुको मायां जुनीजुनी जिऊ । मलाई याद छ हामी छुट्ने बेला गहभरी आंशु भए पनि हांसेर विदा गरेको । जति मन भित्र बिछोडको बेदना कुंडिए पनि त्रि्रो मुहारको चमकले मेरो लक्ष्यमा अरु थप हौसला थपेको छ । चांडै आउनुस है भन्दा त्रि्रा ति सेतासेता दांत अनि लाली थपेको ओंठ एक आपसमा ठोकिंदा संधैं स्वागत गरे झैं लाग्छ । काललाई पनि प्रेमले जित्छ भनेको सुनेको थिएं, सांच्चै झै लाग्छ । यहांको चर्को घाम अनि उजाड मरुभूमीमा पनि कत्ति विचल्ली नभई त्रि्रो मेरो मायांलाई थांती राख्दै छु । माया भन्ने दर्ुइ शव्दले बनेता पनि यस्को महत्व धेरै हुंदो रहेछ नि । प्रदेशमा रहनुको पिडा मैले सबै ओकली रहनु नपर्ला किन कि हामीले अरु नजिक वाट चिन्ने मौका पायौं । तिमी यहां नभए पनि तिमीलाई हृदयमा राखेर पुकार गर्दैछु यो महासागरमा । हाम्रो माया पनि तिमी जस्तै कहिले नसुक्ने र तिमी जस्तै गहिरीएर जाओस, जति सुकै हावाको वेग आएपनि डगमगाउन नसकोस, तिमी जस्तै सबैको प्यारो बन्न सकोस । थाहा छ तिमीलाई म हरेक दिन आफनो पेशालाई अगाल्नु भन्दा पहिले त्रि्रो त्यो हरिणको झै आंखा झरना झै सलक्क परेको रेशमी कपाल,सुन्तलाको केस्रा झै ओठ, सुगाको झै नाकले सजिएको तस्वीर हर्ेर्ने गर्छर्ुु लाग्छ तिमी पनि मेरो जिन्दगीमा साथ दिने भगवान हौ । पत्रमा लेखेको शव्दहरु पढ्दा तिमी मेरो सामु भए झैं लाग्छ अनि त्रि्रो तस्वीर हर्ेने गर्छर्ुु मलाई भेट्नको लागी घरवाट निस्कन्थ्यौ अनेक बहाना बनाइ ऐनामा हर्ेर्दै, कपाललाई दर्ुइ चुल्ठीबाटी, गुन्यूचोलीमा चट्टपरी सजिएर निस्कंदा पनि कतै मैले त्यो राम्रो भएन भन्ने डरले विरालो को चालमा आउंथ्यौ । मलाई पनि त्यस्तै हुन्थ्यो संधै आफूलाई सम्हालेर तिमी कहां भेट्न आउंथे, सायद तिमी सोच्छेउ होला मेरो बयान गरें भनेर त्यो होइन, जे देखें त्यो लेख्दैछु । म संग त्रि्रो बयान गर्नलाई कुनै विद्यवानको वाक्यहरु सापटी लिनु पर्छ । सांच्चै तिमी अप्सरा हौ जो की र्स्वर्ग वाट धर्तीमा मेरो लागी मात्र भनेर झरेकी हौ । चाहनेहरुको भिडमा म मात्र यस्को भागीदार हुं हैन त - डर पनि लाग्छ त्रि्रो त्यो कोमल नयनहरुमा कसैको बिषालु नजर लाग्लाकी भनेर । तिमीले दिएका वाचाहरुमाथी विश्वास छ । संसार नै विश्वासको हत्केला माथी अडिएर बसेको छ । विश्वास ऐना हो, जस्ले जस्लाई विश्वास गर्छ उसको वारेमा र्छलङ्ग थाहा हुन्छ । एउटा सफा तलाउ झै ।हाई,हाई ! न्रि्रादेबीले पनि मलाई वास गरे झैं लाग्यो , लौ त ,मेरी बसन्ती सदा झैं आज पनि समयले डांडा काटी सकेछ पक्तै भएन, भोलीको नित्यकर्म गर्नको लागी समयमा नै उठ्नु पर्छ, कर्म गरे फल पनि मिठो नै हुन्छ भनेर । मिठामिठा अत्माकथाका माला बनाई तिमीलाई सिंगार्नेछु अर्कोपल्ट पनि । यो मेरो बाचा भयो तिमी लाई । बर,पीपल संग खाएको कसम देउरालीमा दिएको बचनलाई निरन्तरता दिई रहेको छौं हामीले । समाजको लागी हामी उदाहरण बनेर उभिएका छौं उभिरहने छु , फेरी पनि हृदयको हरेक कुनाकुनावाट अथाह मायांको सौगात दिंदै केही समयको लागी कलमलाई विश्राम दिने अनुमती चाहन्छु ।
आशिष को चौतारि

No comments: